तपाईँ सुन्दै हुनुहुन्छः

मंगलबार जोर्डनसँग खेल्दै नेपाल

अजय बम । फिफा विश्वकप छनोटको दोस्रो चरणको अन्तिम अवे खेलमा नेपालले मंगलबार बलियो प्रतिद्धन्द्धी जोर्डनसँग खेल्दैछ । जसका लागि नेपाली टिम दुई दिन अगाडी नै जोर्डन पुगिसेकेको छ ।

जोर्डनको अमान अन्तराष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने नौ बजेबाट सुरु हुनेछ । अष्ट्रेलियासँगको खेलपछि साझै जोर्डन पुगेको नेपाली टिमले घरेलु टिमलाई बराबरीमा रोक्न सकेमा पनि ठुलो उपलब्धि हुनेछ ।

अष्ट्रेलिया विरुद्ध शाहसिक खेल प्रदर्शन गरेको नेपालले पाँच शुन्यको हार ब्यहोरेको थियो । जारी प्रतियोगितामा जोर्डनले अहिलेसम्म दुई खेल खेलेका छ । जसमा एक खेल बराबरी खेलेको छ भने एकमा जित निकालेको छ ।

नेपालले तीन खेलमा एक जित र दुई हार ब्यहोरेको छ । पहिलो खेलमा कुवेतसँग सात शुन्यको भारी अन्तरले हारेको नेपालले दोस्रो खेलमा चाइनीज ताइपेईलाई दुई शुन्यले पराजित गरेको थियो ।

तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको थियो । अष्ट्रेलिया विरुद्ध सोचेको भन्दा राम्रो खेल खेलेको नेपालले जोर्डन विरुद्ध बलियो मनोबलका साथ मैदानमा उत्रनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button