तपाईँ सुन्दै हुनुहुन्छः

दशैँ मानेर फर्कनेहरुको चहलपहल बढ्यो

 

तनहुँ । दशैंका कारण सुनसान बनेका तनहुँका मुख्य बजार तथा चोकहरुमा अहिले विशेष चहलपहल बढ्न थालेको छ । दशैं अगाडिको जस्तो चहलपहलमा पुगि नसकेको भए पनि चहलपहल बढ्न थालेको हो ।

दशैंको एक–दुई दिन पहिले सदरमुकामबाट भरिभराउ भएर गाउँघर तिरका सडकमा गाडीहरु गएको देखिएकोमा अहिले गाउँघरबाट सदरमुकामतिर आउनेहरूको गाडीमा भीडभाड नै हुने गरेको छ ।

टीकाको दिन सुनसान देखिएको तनहुँको दमौली, दुलेगौडा, डुम्रे खैरेनीटार, भिमाद, खैरेनीटार बजार अहिले बाहिर जाने सवारी साधनको चाप बढ्न थालिसकेको छ । गाउँबाट फर्किने मानिसले गर्दा ग्रामीण क्षेत्रबाट आउने सवारीका साधनहरुमा पनि मानिसको भीडभाड देखिएको छ ।

दशैं मान्न गएकाहरू पुन कर्म थलोमा फर्किने क्रम शुरु भएकाले यहाँका सदरमुकाम तथा बजारमा चहल पहल बढेको हो । दशैं मनाउनको लागि सदरमुकाम तथा बजार क्षेत्रमा बस्दै आएकाहरू गाउँघरतिर लागेपछि यहाँका बजार क्षेत्र सुनसान भएको थियो ।

जिल्लाको भिमाद रामपुर ग्रामिण क्षेत्रमा यात्रुबाहक बसका चालक महेन्द्र श्रेष्ठले गाउँ जानुपर्दा सवारी नपाइने भएता पनि गाउँबाट बजार झर्दा भने यात्रु भरिभराउन हुने गरेको बताउनुभयो । उहाँले दशैँको रौनक यति बेला गाउँघरमा बढी रहेको समेत अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button