तपाईँ सुन्दै हुनुहुन्छः

सीता एयरको विमान दुर्घटनाबाट जोगियो

सोलुखुम्बु । रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल, लुक्लातर्फ उडान भर्न लागेको सीता एयरको ट्वीटअटर विमान आज दुर्घटनाबाट जोगिएको छ ।

नेपाल नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार उड्ने क्रममा विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको थियो ।

चालक दललाई विमानमा चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले विमानलाई सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिनुभयो ।

विमानमा चालक दलका तीन सदस्यसहित १३ विदेशी पर्यटक सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button