तपाईँ सुन्दै हुनुहुन्छः

कोरला नाका सञ्चालनको तयारीबाट स्थानीय उत्साहित

मुस्ताङ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नति सहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहीत भएका छन् ।

मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र नभएर व्यापारिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरला नाकामा चीनले गरेको तयारी र नेपाल सरकारले वार्ताका लागि तयार पारेको कार्यसूचीमा कोरला नाकाले प्राथमिकता पाएकामा गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले खुशी व्यक्त गर्नुभयो ।

चीनको स्वासाशित क्षेत्र तिब्बतको ढोङ्वासेनमा पर्ने कोरला नाका क्षेत्रमा चीनले भन्सार, सुरक्षा, सडक पहुँच लगायतको तयारी गरेको छ ।

नेपाल र चीनबीच व्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि सरकारले २०७३ सालदेखि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहुँच मार्ग निर्माण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button