तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप छनोटः नेपाल अष्ट्रेलियासँग पराजित

काठमाडौं । विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग हार व्यहारेको छ ।

आज जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मद्दतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो ।

उनले सुरुवाती २३ मिनेटभित्र तीन गोल गरेका थिए । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।

एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो ।

दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे ।

निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।

नेपालका गोलकिपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button