तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारवाही

दाङ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारवाही गरेको छ ।

केन्द्रले विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई गरेको कारवाहीबाट चार लाख ९२ हजार ४ सय १२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

घरमा मिटर जडान नगरी विद्युत् चोरी गर्ने उपभोक्तालाई कारवाही गर्न थालिएपछि चुहावट नियन्त्रणमा आएको र विद्युत् उपभोग गर्ने ग्राहकको संख्यामा समेत वृद्धि भएको केन्द्रका प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button