तपाईँ सुन्दै हुनुहुन्छः

एन आई सी एसिया बैंकको ‘दक्षिणा प्लस’ योजना

काठमाडौं । एन आई सी एशिया बैंकले बडा दसैँलाई लक्षित गरेर ‘दक्षिणा प्लस’को योजना अघि सारेको छ ।

यो योजना अन्तर्गत दसैँमा टीका लगाएर यस बैंकको मोबाइल बैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिने छ ।

‘दक्षिणा प्लस’ नाम दिइएको एस योजना अन्तर्गत मोबाइल बैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०५ वा अधिकतम १०० बैंकको तर्फबाट थप हुनेछ ।

दक्षिणा प्लस योजना त्यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ । यो योजना एन आई सी एशिया बैंकको मोबाइल बैंक प्रयोग गरी फण्ड ट्रन्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमाक्र्समा ‘दक्षिणा प्लस’ लेख्नुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button