तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा आजबाट भूत मेला सुरु

महोत्तरी –महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा लाग्ने भूत मेला आजबाट सुरु भएको छ । हरेक वर्ष बडादशैँको सप्तमीदेखि सोनामाईमा लाग्ने भूत मेला आजबाट शुरु भएको हो ।

औरही नगरपालिकाको ७ मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ ।

बडादशैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजाराँै दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ ।

सप्तमीदेखि बिजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारत देखि हजारौ दर्शानर्थी मन्दिर आईपुग्ने गरेको मन्दिरका पुजारी केदार झाले जानकारी दिनुभयो ।

नवदुर्गाको ९ रुप मध्ये यहाँको शक्तीपिठलाईसमेत एक मान्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button