प्रतिबन्धित लागु औषध नाईट्राभेटसहित एकजना पक्राउ

सर्लाही – सर्लाही प्रहरीले प्रतिबन्धित लागु औषध नाईट्राभेटसहित एकजना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका -७ बजार टोलमा बस्ने २० वर्षिय सुशान तामाङ्ग रहेका छन ।
भारतको सोनवर्षाबाट गम्हरिया तर्फ आउँदै गरेको अवस्थामा प्रहरीलाई शंका लागि चेकजाच गर्ने क्रममा तामाङको शरिर तथा हातमा बोकी राखेको कालो प्लाष्टीकको झोला चेकजाच गर्दा लागु औषध नाईट्राभेट ९ सय ट्यावलेटसहित तामाङलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यलयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्