तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क रुपमा रगत उपलब्ध गराउन शुरु

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले बिरामीलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउन शुरु गरेको छ ।

यस अघि बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराए वापत ७७० रुपैया प्रतिपिन्ट शुल्क लिँदै आएकोमा हाल स्थानीय तहले रक्त सञ्चार केन्द्र सञ्चालनका लागि रकम उपलब्ध गराएपछि निःशुल्क सेवा दिन थालिएको शाखाका कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button