तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा

काठमाडौं । नेपाली मुलकी अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा परेकी छन् । अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा समेटिएकी हुन् ।

इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछन् ।

बेलायती पूर्वसेना अमृत आलेका १७ वर्षीय छोरी अस्मिताले इंग्ल्याण्डको यू–१६ टोलीबाटप्रतिनिधित्व गरिसकेकी छन् । अमृत क्विन्स गोरखाका सैनिक हुन् । उनीहरुको परिवार इंग्ल्यान्डमा रहँदै आएका छन् ।

अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ । पहिलो चरणको छनोट खेल सुरु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button