तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो

ह्युस्टन – अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ ।

अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो । अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो ।

 

यसैगरी गत साता कच्चा तेलको निर्यातमा पनि औसतमा प्रति दिन एक लाख १६ हजारले कमी आएको छ । गत साता औसतमा कच्चा तेलको निर्यात प्रति दिन २८ लाख ७० हजार ब्यारेल रहेको थियो ।

विगत चार हप्तामा कच्चा तेलको आयात औसतमा करिब ६६ लाख १० हजार ब्यारेल प्रति दिन रहेको छ, र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १२ लाख ४० हजार ब्यारेलले कमी हो । (रासस-सिन्ह्वा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button