तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट टिम आज ओमान जाँदै

काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज  त्यसतर्फ प्रस्थान गर्दै छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर रमन सिवाकोटीले नेपाली टिम सिंगापुरबाटै अपरान्ह ओमान जाने जानकारी गराएका छन् ।  नेपाली टिम सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेर ओमान जान लागेका हुन् ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुने

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button