तपाईँ सुन्दै हुनुहुन्छः

अभिभावकत्व लिएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिनुभएका विद्यार्थीहरुलाई दशैँ खर्च पठाउनुभएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले दशैँका अवसरमा प्रगतिको कामनासहित जनही खर्च पठाउनुभएको हो ।

खर्च रकम निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button