तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६९ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ७० हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ८ सयले घटेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय २५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रुपैंयाले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button