तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको अंक तालिकाको शीर्ष स्थानमा नेपाल पुगेको छ ।

हिजो साँझ भएको खेलमा आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेपछि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा पुगेको हो । डबल राउन्ड रोबिनको आधारमा खेलाइएको श्रृङखलामा तीनै देशले एक एक खेलमा जीतेका छन् ।

आइतबार राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई ४ रनले हराएको हो । वर्षाले प्रभावित गरेपछि १८ ओभरमा झारिएको खेलमा सिंगापुरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो ।

सिंगापुरसंग हारेपछि दोस्रो स्थानमा झरेको जिम्बावेले २ खेलमा २ अंक जोडेको छ । २ अंक नै जोडेको सिंगापुर भने तेस्रो स्थानमा छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् । नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button