तपाईँ सुन्दै हुनुहुन्छः

बेनी–जोमसोम सडक खण्ड खुल्यो

पर्वत ।  पहिरोले अबरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड पहिरो पन्छाएपछि सुचारु भएको छ । गएराती १ वजेबाट बन्द भएको बाटो अहिले बिहान ९ बजेबाट सुचारु भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ काप्रेभीरमा खसेको पहिरो एक्साभेटरले हटाएपछि अबरुद्ध सडक खुलेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख डमबहादुर पुनले जानकारी दिनुभयो ।

पहिरो पन्छाउन पाँच घण्टा लागेको उहाँले बताउनुभयो ।

ठूलो पहिरो गएका कारण मुस्ताङ प्रबेश गर्न लागेका र बाहिरिन लागेका सवारीसाधानहरु सडकमै रोकिएका थिए । निरन्तर वर्षा भैरहेकाले दैनिक जसो यो खण्डमा पहिरो आउने क्रम बढ्दो छ ।

घुमघामका लागि मुस्ताङको मुक्तिनाथ लगायतका क्षेत्रमा पुग्ने पर्यटक र दिवंगत पितृहरुलाई तर्पण दिन कागबेनी जाने यात्रुका कारण यो सडकमा सवारीको चाप लाग्ने गरेको छ । रातभर भीरको खोचमा अलपत्र पर्नुपरेको कुश्माबाट मुस्ताङ हिँडेका गजेन्द्र रेग्मीले जानकारी दिनुभयो । केहि दिनदेखि निरन्तर वर्षा भैरहेकाले ठाउँ ठाउँमा पहिरो खस्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button