तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने भएको छ ।

आज खानेपानी मन्त्रालयद्धारा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बिना मगरले यही असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारीक रुपमा खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

मन्त्री मगरले नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसा मुक्त राष्ट्र घोषणा हुुने बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खुला दिसामुक्त अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महत्वको भएको बताउनुभयो ।

देशभर कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय निर्माण भएको त्यस अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button