तपाईँ सुन्दै हुनुहुन्छः

सिस्टम ह्याक गरी रकम निकाल्ने १२ जना पक्राउ

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुबाट सिस्टम हृयाक गरी रकम निकाल्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न १२ जनालाई काठमाडौं उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको हो ।

भारतको मुम्बईमा बस्ने बिदेशी नागरिक काले भन्ने पिटरले मुम्बईमा बसी नेपाली नागरिकहरुलाई प्रयोग गरी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्ब भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई रकम निकालीरहेको अवस्थामा निजहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

समूहले कृषि विकास बैंकबाट हालसम्म एकिन भएको रकम ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका १२ जनालाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button