तपाईँ सुन्दै हुनुहुन्छः

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री भट्ट   

कैलाली –   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताउनुभएको छ ।

प्रदेश कृषि विकास रणनीति तयारीका लागि जिल्ला समन्वय समितिका प्रमुख एवं विज्ञहरूसँग आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “कृषि कर्ममा लागेका व्यक्तिलाई सम्मान गर्न सक्नुपर्दछ र यसलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन सक्नुपर्दछ ।”
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button