तपाईँ सुन्दै हुनुहुन्छः

‘पहिलो महिनामा मुद्रास्फीति ६.९५ प्रतिशत’

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुद्रास्फीति ६.९५ प्रतिशत रेहेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

बैकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा समीक्षा महिनामा खााद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ ।

पहिलो महिनामा कुल बस्तु निर्यात २७.७ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड पुगेको छ ।

गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चनीनतर्फ १३२.९ प्रतिशतले निर्यात बृद्धि भएको छ भने अन्य मुलुक तर्फ निर्यातमा ९.२ प्रतिशतले कमि आएको राष्ट्र बैकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पहिलो महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार भएको छ । गत आर्थिक वर्षको अन्तिम महिना ८.९ महिनाको वस्तु र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति थियो ।

तर चालु आर्थिक वर्षको पहिलो महिनामा बढेर विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button