तपाईँ सुन्दै हुनुहुन्छः

१२ देखि १९ असोजसम्म जुनसुकै गाडी रुट परमिट बिनै जता पनि गुड्न पाउने

 

काठमाडौं । १२ असोजदेखि सार्वजनिक यातायात संचालन गर्न रुट परमिट नचाहिने भएको छ। दसैँको लागि एकठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन १२ देखि १९ असोजसम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । छोटो दूरीमा चलिरहेका गाडीले पनि यो अवधिमा लामो दूरीमा यात्रु ओसार्न सक्छन् ।

त्यस्तै, ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने भएकोले यही अवधिसम्मको लागि काठमाडौं भित्रने मल्टी एक्सल ट्र्याक्टर टेलर (ठूला मालवाहक) लाई चितवनको नारायणगदेखि आवागमनमा रोक लगाइने हमालले बताउनुभयो। विभागको यो निणर्य ठिक भएपनि अवधि निकै छोटो भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताउनुभयो।

‘विभागले हामीसगँ छलफल नगरी यो निणर्य गर्यो। २१ गते टिका छ। नवमीको दिन घर जाने यात्रुपनि धेरै हुन्छन्। घरबाट फर्कर्ने यात्रुको व्यवस्थापन कसरी गर्ने ?,’ उनले भने । रुट परमिट खुल्यो भन्दैमा आफ्नो र यात्रुहरुको ज्यान जोखिममा पार्नेगरि जस्तोपायो त्यस्तो पुराना बिग्रेका गाडी नचलाउन सिटौलाको आग्रह छ।

रुट परमिटको दुरुपयोग नहोस् भन्ने उदेश्यले ७ दिन मात्र रुट परमिट खोलिएको र आवश्यक परेमा यसको अवधि बढाउन सकिने हमालले जानकारी दिनुभयो । ‘यात्रुको धेरै चाप हुने घर जाने बेलामा हो। आउने बेलामा त्यस्तो समस्या हुँदैन। आवश्यक पर्यो भने हामी अवधि बढाउँछौ’, उनले भने।

प्रतिक्रिया राख्नुहोस्

Back to top button