२०७८ साल साउन ११ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

जलायो राष्ट्र बैंकले झण्डै ५ खर्ब बराबरका पुराना नोट

रेडियो नेपाल २०७६ असोज ७ गते १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो ।आर्थिक बर्ष २०७५–०७६ सम्ममा  पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।

हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो ।

सम्बन्धित