तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको फिफा ‘बेस्ट प्लेअर’को उपाधि मेसीले जिते

एजेन्सी। फिफाको ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले फेरी पनि जितेका छन् ।

सोमबार राति इटालीमा आयोजित अवार्ड घोषणा कार्यक्रममा मेसीले दुई प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डो र लिभरपुलका खेलाडी भर्जील भान डाइकलाई उछिन्दै यो उपाधि हात पारेका हुन् ।

मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । उनले ५० खेल खेल्दा ५१ गोल गर्नुकासाथै २० गोलका लागि पास उपलब्ध गराएका थिए । ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक मसी गोलकर्ता समेत बनेका थिए ।

मेसी त्यस्ता एक मात्र खेलाडी हुन्, जसले यो उपाधि सबैभन्दा धेरै पटक जिते । उनीपछि पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन् ।

अवार्ड घोषणा कार्यक्रममा मेसी पत्नी र २ छोरासहित गएका थिए । उपाधि जितेपछि बोल्दै मेसीले आफूलाई यसको हकदार बनाउनेप्रति आभार प्रकट गरे । उनले उपलब्धि आफ्नो मात्रै भन्दा पनि टोलीको योगदानका कारण भएको उनले बताए ।

यस्तै महिलातर्फको उपाधि अमेरिकाकी फुटबलर मेगान रापिनोले जितिन । अमेरिकाले २०१९ मा भएको महिला विश्वकप जित्दा टोलीका लागि उनले महत्वपूर्ण योगदान गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button