तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा ज्वरोका विरामीलाई छुट्टै काउन्टर

मकवानपुर ।  मकवानपुरको जिल्ला अस्पताको रुपमा रहेको हेटौँडा अस्पतालमा आजदेखि ज्वरोका विरामीका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । अस्पताल व्यवस्थापन समितिले टोल विकास नगर समन्वय समितिको सहयोगमा आजबाट ज्वरोका बिरामीकालागि छुट्टै काउन्टरको व्यवस्था गरेको हो ।

आजबाट अस्पतालमा ज्वरोका विरामीलाई छुट्टै काउन्टरको व्यवस्था गरी उपचार गरिने र यसमा टोल विकास नगर समन्वय समितिले सहायता कक्ष संचालन गरी स्वयंसेवी भुमिका निर्वाह गर्ने भएको छ । हेटौंडामा पछिल्लो समय डेगुंका तथा भाईरल ज्वरोका कारण बिरामीको चाप बढेकाले उनीहरुलाई छुट्टै काउन्टरको व्यवस्था गर्न लागिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा ज्वरोको विरामीको चाप बढि हुँदा उपचारमा समस्या भएकाले छुट्टै काउन्टरमार्फत उपचार गर्न सहज होस भनेर यस्तो व्यवस्थापन गर्न लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । अस्पतालमा अहिले दैनीक २ देखि ३ सयको संख्यामा ज्वरोका बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button