तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख आज नेपाल आउँदै

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ आज नेपाल आउँदै हुनुहुन्छ  ।  नेकपाका विदेश विभाग प्रमुख माधव नेपालको निमन्त्रणामा सोङ नेपाल आउन लाग्नुभएको हो ।

उहाँ आजै साँझ सत्तारुढ नेकपाले काठमाडौंमा आयोजना गर्न लागेको अन्र्तक्रिया कार्यक्रममा सहभागी हुनेछन् । अन्र्तक्रियामा नेकपाका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र सोङले सम्बोधन गर्ने कार्यक्रम रहेको  छ ।

अन्तरक्रियामा चिनियाँ नेताहरूले त्यहाँको कम्युनिस्ट पार्टीको नीति, विचार र पछिल्लो विकास मोडललगायत विषयमा नेकपाका नेताहरूसँग अनुभव साट्ने बताइएको छ । कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै चालिस जना प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button