तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व नजिकिदैँ गर्दा बीरगंज बजार भने सुनसान, सिमावर्ती रक्सौल बजारमा नेपाली उपभोक्ताको भिड

बीरगंज – दसैं, तिहार, छठ जस्ता पर्वहरु नजिकिँदै जाँदासमेत उपभोक्ताहरुको भिडभाड नहुँदा बीरगंज बजार सुनसान देखिएको छ ।

विशेष गरी चाडपर्वको बेला बढी कारोबार हुनुपर्नेमा व्यापार सामान्य मात्रै भएको गुनासो व्यवसायीहरुको छ । बीरगंज सुनसान हुँदा नजिकै रहेको भारतीय बजार रक्सौलमा भने खुट्टा टेक्ने ठाउँ पाइँदैन । सबै पसल नेपाली ग्रहकले नै भरिभराउ छन, ।

१÷२ किलो दाल, चिनी, चिउरा किन्नेदेखि लत्ताकपाडा किन्नेको भीड कुनै दिन नघटेको भारतीय व्यापारीहरु बताउँछन् । रक्सौल पुग्ने सबै ग्राहक नेपाली नै भएको र चाडपर्वको समयमा अलि बढी भीड हुने गरेको रक्सौलका व्यवसायीहरुले बताएका छन् ।

नेपालतर्फ बजारभन्दा सीमापारीको बजारमा चिनी, दाल, जिरा, चना मटर, खानेतेल, लत्ताकपडा लगायत सामग्री सस्तो मूल्यमा पाइने हुँदा किनमेलका लागि नेपाली सीमापारी रक्सौल पुग्ने गरेका छन् । अहिले रक्सौलमा वीरगंजबाट मात्र नभई हेटौडा, नारायणगढ, पोखरा, जितपुर सिमरा लगायतका स्थानियबाट ठूलो संख्यामा नेपालीहरु दैनिक उपभोग्य सामान देखि लत्ताकपडा खरिद गर्न आउने गरेको गोर्खाबाट उपभोग्य सामान लिन आउनु भएकी विनु थापाले बताउनुभयो ।

बीरगंजसँग सिमा जोडिएको भारतीय बजार रक्सौलमा दसैं, तिहार र छठ पर्वमा मात्रै नभई अन्य समयमा पनि नेपाली ग्राहक नै बढी पुग्ने गरेका छन् ।

चाडबाडलाई मध्यनजर गरेर सरकारले नेपालमै सर्वसुलभ मूल्यमा उपभोक्तालाई चाहिने सामग्री खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने माग गर्दै महंगीको कारण भारतीय बजार जानुपरेको गुनासो उपभोक्ताहरुको छ ।

यसैविच वीरगंजका व्यवसायिहरुले वीरगंजमै गुणस्तरीय सामग्री सुपथ मुल्यमा पाईने दावी गर्दै भारत तर्फ सस्तोमा पाईने हल्लाको पछाडी उपभोक्ताहरु लागेको बताएका छन् ।

रक्सौल जादा खेप्नु पर्ने सास्ती र राम्रो सामान पाउने नाममा उल्टै ठगिने गरेको तर्फ सम्बन्धित निकायले उपभोक्ताहरुलाई सचेत बनाउनु पर्ने कुरामा व्यवसायीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button