तपाईँ सुन्दै हुनुहुन्छः

जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा एक जना घाईते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट मनहरी–६ जोगिताल बस्ने ५२ बर्षीय इन्द्र माया मोक्तान घाइते भएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पर्सा वन्यजन्तु आरक्षण क्षेत्रबाट निस्किएको हात्तिको आक्रमणबाट मोक्तान घाईते हुनुभएको हो ।

मोक्तानलाई घरनजिकै बारीमा घाँस काट्न गएको बेलामा आज बिहान करीब ५ः३० बजे हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते मोक्तानको थप उपचारका लागि भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button