तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा प्रणालीमा सुधारको खाँचोः उपराष्ट्रपति पुन

ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक महासङ्घद्वारा आज ललितपुरमा आयोजित ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा उपराष्ट्रपति पुनले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताउनु भयो ।

उपराष्ट्रपति पुनले शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button