तपाईँ सुन्दै हुनुहुन्छः

आज संविधान दिवस ‘घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’

काठमाडौं । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने नाराका साथ आज संविधान दिवस मनाइदैछ ।
बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको हो ।

नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको छ । यसैवीच , आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिदैछ ।

यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ ।
सबै कार्यक्रममा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button