तपाईँ सुन्दै हुनुहुन्छः

अरुण नदीमा वेपत्ता खोज्न गोताखोर आईपुग्यो

संखुवासभा –  अरुण नदीमा खसेको जीप खोजीको लागि गोताखोर संखुवासभा आईपुगेको छ । प्रहरी नायव उपरिक्षक मिम बहादुर लामाका अनुसार निरन्तर वर्षा भइरहेको र नदीको बहाव बढी भएकोले नभेटिएको र चितवनबाट गोताखोर आईपुगेको हो ।

काठमाण्डौबाट NA-061 सेनाको हेलिकप्टर मार्फत तुम्लिङटारमा उत्रिएको र गाडी मार्फत सशस्त्र प्रहरीका बरिष्ठ हवाल्दार बलराम अधिकारीको नेतृत्वमा चार जना गोताखोर घटना स्थलतर्फ प्रस्थान गरेको छ । जीपसहित वेपत्ता ६ जनाको खोजी कार्य तिब्र हुने बताईएको छ ।

प्रहरी र स्थानीयले मंगलबार रातिदेखि नै खोजी गरिरहेको भए पनि फेला नपारेपछि गोताखोर बोलाइएको हो। गोताखोरलाई बुधबार नै बोलाइएको भए पनि मौसमका कारण दुर्घटनास्थलमा ल्याउन कठिनाइ भएको थियो।

बिरामी बोकेर धरान जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप गएराती करिब १० बजे अक्करको भीरदेखि अरुण नदीमा खसेको थियो । दुर्घटनामा चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ, उनकी श्रीमती सदीक्षा श्रेष्ठ, दुई महिने छोरा समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर बेपत्ता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button