तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालद्वारा जागरण गीत सम्मेलनको आयोजना

काठमाण्डौ । चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा रेडियो नेपालले आज जागरण गीत सम्मेलनको आयोजना गरेको छ ।
रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले राष्ट्रिय भावना र संविधानको सर्वस्वीकार्यता प्रत्येक नेपालीको मन मनमा पु¥याउन जागरण गीत सम्मेलनले महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताउनुभयो ।
सचिव गुरुङले संविधान, राष्ट्रियता कोठाभित्र निश्चित समूह र वर्गले स्वीकारेर मात्र नहुने भन्नुहँदै प्रत्येक नेपालीमा देशप्रतिको प्रेम जागृत गर्न गीतसंगीत महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो ।
उहाले गणतन्त्र, लोकतन्त्र र संघीयताजस्ता मुलुकका हरेक परिवर्तन र प्राप्तिमा कलाकारहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको अध्यक्षतामा भईरहेको जागरण गीत सम्मेलनमा सहभागीहरुलाई स्वागत गर्नुहुँदै नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले गीतसंगीतको उद्गमथलोका रुपमा रहेको रेडियो नेपालले समय समयमा जागरण गीत, बालगीत, लोकगीतजस्ता गीतहरुको सम्मेलन तथा प्रतियोगिता मार्फत् राष्ट्रिय भावना जागृत गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
सम्मेलनमा वरिष्ठ एवं नयाँ जनपक्षीय कलाकारहरुले जागरण गीत प्रस्तुत गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button