तपाईँ सुन्दै हुनुहुन्छः

खोज अनुसन्धानलाई सिर्जनात्मकरुपमा अघि बढाउन अनुसन्धानकर्तालाई प्रमको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान प्रविधिको उच्चतम प्रयोग गरी विज्ञान प्रविधिलाई उत्पादनसँग जोडेर अघि बढनुपर्ने बताउनुभएको छ ।

७ आँै राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई अब उन्नति र प्रगातिको दिशामा अघि बढाउनुपर्ने भएकाले खोज–अनुसन्धानलाई रचनानात्मक र सिर्जनात्मक ढंगबाट अघि बढाउन अनुसन्धानकर्ताहरुलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको क्षेत्रमा मुलुकमा हालसम्म अपेक्षित उपलब्धि नभएको तर उपलब्धि हासिल गर्नसक्ने वातावरण बनेकाले अब शान्तिपूर्ण र सुशासनयुक्त ढंगबाट विकासको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा विद्धान पुस्ताका सन्तान भएको, प्राकृतिक स्रोत र युवा जनशक्ति गरी ३ वटा आधारमा नेपाल सम्पन्न भएकाले नेपाल गरिब हुन नपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोग र यसको प्राप्तीमा केही चुनौती र समस्या भएपनि बाह््य सहयोग लिदै यसक्षेत्र मार्फत समृद्ध नेपाल, सुखी नेपालीको नारा पुरा गर्न निरन्तर प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले विज्ञान प्रविधि क्षेत्रको विकास र बिस्तारमा सरकारको आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुहुँदै यसको उच्चतम प्रयोग गरी मुलुकको विकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय विज्ञान दिवसका अवसरमा गत वर्ष १२ कक्षाको विज्ञान विषयमा उच्चतम अंक ल्याउने ७ वटै प्रदेशका उत्कृष्ट विद्यार्थीहरु र पत्रकारितामार्फत् विज्ञान प्रविधिको क्षेत्रमा योगदान गर्नुहुने २ जना पत्रकारलाई सम्मान एवं पुरस्कृत गरिएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले भदौ २६ गते मन्त्रिपरिषद बैठकले पारित गरेको राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति २०७६ सार्वजनिक गर्नुका साथै मन्त्रालयले तयार पारेको मोबाईल एप्स थिचेर पानसमा दिप प्रज्वलन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button