तपाईँ सुन्दै हुनुहुन्छः

उडानपूर्व औषधि छर्किने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले डेंगुको प्रकोप नियन्त्रणका लागि सबै विमानस्थल सफा राख्ने र उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधि छर्किने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

डेंगुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र निराकरण सम्बन्धमा आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले डेंगुको प्रकोपका कारण पर्नसक्ने असर निराकरणका लागि आवश्यक तयारी र पूर्वसर्तकता अपनाउन समेत सम्बद्ध सबै सरोकारवालालाई निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले पशुपति, लुम्बिनी, जनकपुर, पोखरा र सौराह लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चलाउन पनि निर्देशन दिनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button