तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली महिला टोली फाइनल प्रवेश

काठमाडौं । इन्डोनेसियाको योकर्तामा जारी २४ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ ।

नेपाली टोलीका व्यवस्थापक धर्ममान बज्राचार्यका अनुुसार नविता श्रेष्ठ, एलिना महर्जन र शिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग भने समान ३–० को सेटमा नै पराजित भएको थियो । यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button