तपाईँ सुन्दै हुनुहुन्छः

संसदले सरकारको निगरानी गर्छ :सभामुख

काठमाडौँ – सभामुख कृष्णबहादुर महराले संसदले सरकारको कामको निगरानी मात्रै गर्ने बताउनुभएको छ ।

संसदीय अभ्यास सम्बन्धी आज संसद भवन नयाँ बानेश्वरमा भएको अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले संसद र समितिहरुले सरकारले कहिलेकाही आफ्नो ट्र्याक छाडन् सक्ने भएकाले त्यस्तो नहोस् भन्नाकालागि निगरानी मात्रै गर्ने स्पष्ट पार्नुभयो ।

सभामुख महराले संविधान अनुसार कानुन बनाउनु संसदको मुख्य जिम्मेवारी र दायित्व भएको बताउदै संसद नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउनुभयो ।

सभामुख महराले सरकारले सांसदका कुरा नसुने आलोचना बढ्ने र संसदलाई छल्न खोजे सरकारलाई नै समस्या हुने भन्दै सांसदहरुले उठाएका विषयहरुमा मन्त्रीहरु जिम्मेवार बन्नु पर्नेमा जोड समेत दिनुभयो बताउनुभयो ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसदले रणनीतिक कार्ययोजना नै बनाएको बताउनुभयो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदमा प्रस्तुत हुँदा सांसदहरुलाई प्राविधिक विषयहरुमा पनि ध्यान दिनु पर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button