तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ली अर्गानिक स्याउको माग बढ्दै

जुम्ला । ग्राहकलाई आकर्षण गर्न सुर्खेतको मंगलगढी चोक, यारी चोक, नेपालगन्जको पुष्पलाल चोक, धम्बोजी चोक, बुटवल धनगडीका चोक चोकमा सजाएर राखिएको जुम्लाको अर्गानिक स्याउले यत्तिखेर जो कोहीको मन तानेको छ । जुम्लाको त्यही अर्गानिक स्याउ अहिले आम उपभोक्ताको रुचिमा पर्न थालेको छ ।

विगतका वर्षमा भारतीय स्याउले भरिने फलफूल बजारमा अहिले जुम्लाको अर्गानिक स्याउको ‘राज’ छ । १८ वर्षदेखि स्याउ खेती गर्दै आएका व्यापार मिन कठायत जुम्लाको अर्गानिक स्याउले भारतीय स्याउलाई विस्तापित गरेको बताउँनु हुन्छ । सुर्खेत नेपालगन्ज, धनगडी बुटवल लगायतका शहरमा ‘आजभोलि ग्राहक जुम्लाको स्याउ खोज्दै आउँछन् ।’

गुणस्तर अनुसार स्याउको मूल्य पनि फरक फरक छ । थोकमा ७० देखि ८० रुपैयाँसम्म किन्ने गरेको व्यापारी बताउँछन् । फलफूलका अर्का थोक व्यापारी प्रवल शाहीले पनि जुम्ली स्याउ बजारमा पुर्याउन भ्याईनभ्याई रहेको उल्लेख गर्नुभयो । जुम्लाको स्याउ बजारमा पुर्याउने प्रमुख थोक व्यापारी मानिने शाहीले मात्रै अहिलेसम्म ४ सय मेट्रिकटन स्याउ सुर्खेतदेखि पोखरा र काठमाडौंको बजारमा पुराउनु भएको छ । खासगरी अहिले जुम्लाको स्याउ सुर्खेत, कोहलपुर, दाङ, बुटबल, चितवन, पोखरा र काठमाडौं बढ्दो माग छ ।

सडक विस्तार भए सँगै जुम्लाको स्याउ बजारमा आएपछि भारतीय स्याउ विस्थापित भएको हो । विस्तापित भन्दैमा भारतीय स्याउ आउदै नआएको भन्ने होईन, तर पनि जुम्लाको स्याउले भारतीय स्याउको बजारलाई सुकाएँदै लगेको व्यापारीहरुको दाबी छ । जुम्लाको रेड डेलिसियस, गोल्डेन डेलिसियस जातको स्याउ बाहिरी बजारमा गएको छ ।
जुम्लाको स्याउ हेर्दामा पनि आकषर््ाणक, खाँदा स्वादिलो अर्गानिक भएकोले पनि यसको माग बढ्दै गएको हो ।

कृषि अर्थ विज्ञ बालकराम देवकोटाले भन्नु भयो, जुम्लामा यस वर्ष झण्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । कर्णालीबासीका लागि स्याउ लुगाफाटो र जडीबुटी चामलका लागि आम्दानीको स्रोत हो । यसलाई अझै व्यवसायीकरण गरी जुम्लाका १८ हजार घरधुरी मध्य बाँकी १४ सय घरधुरीमात्रै स्याउ बगैचा गर्न बाँकी छन् । प्रदेश सरकारले सहयोग गरेमा पुरै जुम्लाका पाखामा स्याउ बगैचा हुने उहाँ बताउनुहुन्छ । जुम्लाका किसानले बगैचामै प्रतिकिलो ४० देखि ५५ रुपैयाँ स्याउको मुल्य पाउनु खुसीको कुरा भएको किसान गोर्ख सुनार बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button