तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लब समूह विजेता

काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराएको थियो ।

अपराजित आर्मीले ढोरपाटनमाथि २५–१४, २५–१९ र २५–२२ ले पराजित गरेको थियो ।

समूहबाट अर्को विभागिय टोली नेपाल एपिएफ क्लब समूहको उपविजेता बनेको छ । ढोरपाटन र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिग चरणको तेस्रो दिन नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको थियो । निर्धारित समयमा भन्दा १ दिनपछि सरेको प्रतियोगितामा शनिबार सेमिफाइनल र आइतबार फाइनल र तेस्रो स्थानको खेल हुने बताइएको छ ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button