तपाईँ सुन्दै हुनुहुन्छः

वैवाहिक अंगीकृत नागरिताकतामा तीन विकल्प प्रस्तुत

भदौ । गृहमन्त्री रामबहादुर थापाले दोहोरो नागरिकता लिने प्रवृत्ति अन्त्य गर्नका लागि नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याइएको स्पष्ट पार्नुभएको छ ।

राज्यव्यबस्था तथा सुशासन समितिको वैठकमा गृहमन्त्री थापाले नागरिकता सम्बन्धी विधेयकमा आवश्यक परिमार्जन गर्ने अधिकार समितिको भएकाले समितिले आवश्यक निर्णय लिन सक्ने बताउनुभयो ।
गृहमन्त्री थापाले खुला सीमानाका कारण दोहोरो नागरिकताको समस्या आएको र त्यसले देशको राष्ट्रियताको सुरक्षा र विकासमा समेत असर पारेकोले समस्या समाधानका लागि नागरिकता विधेयक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई दिइने अंगीकृत नागरिकता प्राप्तिका लागि समितिमा भएको छलफलका आधारमा सरकारले तीन वटा विकल्प प्रस्तुत गरेको छ ।

सरकारले यसअघि विधेयकमा नै प्रस्ताव गरिएको नेपाली पुरुषसँग विवाह गरी आएकी विदेशी महिलाले ६ महिनामा अंगीकृत नागरिकता प्राप्त गर्ने वा विवाह गरी आएको ७ वर्षमा अंगीकृत नागरिकता प्राप्त गर्ने र विवाह लगत्तै परिचयपत्र प्राप्त गर्ने वा विवाह गरी आए लगत्तै नागरिकता दिइने तर राजनीतिक अधिकार भने सात वर्ष पछि मात्रै प्राप्त गर्ने विकल्पहरु प्रस्तुत गरेको छ ।

नेपाली महिलासँग विवाह गरी नेपालमा नै वसोवास गरेका विदेशी नागरिकले १५ वर्षपछि अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रस्ताव गरिएको छ ।

समितिले नागरिकता सम्बन्धी विधेयक टुङ्गाउने तयारी गरेपनि सांसदहरुले सरकारले प्रस्ताव गरेको तीन विकल्प अध्ययन गर्न समय माग गरेपछि अर्को बैठकमा त्यसको टुङ्गो लगाई प्रतिवेदन सदनमा पेश गर्ने तयारी समितिले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button