तपाईँ सुन्दै हुनुहुन्छः

वैवाहिक अङ्गीकृत नागरिताकमाथि छलफल जारी

फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिमा बैवाहिक अङ्गीकृत नागरिकता प्राप्तिको विषयमा सांसदहरुबीच मत वाँझीएको छ ।

छलफलमा रहेको नागरिकता ऐनलाई संशोधन गर्न वनेको विधेयक माथिको छलफलमा अधिकांश सांसदहरुले वैवाहिक अङ्गीकृतको नागरिकता प्राप्तिका लागि कम्तिमा ७ वर्षको समय राख्नु पर्नेमा जोड दिनुभएको ।

वैवाहिक अंगीकृतको नागरिकता प्राप्त नगरेसम्मका लागि राजनीतिक अधिकार बाहेक सामाजिक, सांस्कृति तथा आर्थिक लगायत अन्य अधिकार प्राप्त गर्ने गरी वैवाहिक परिचयपत्र दिने व्यवस्था गर्नु पर्ने पनि सांसदहरुले बताउनुभयो ।

यस्तै केही सांसदहरुले भने नागरिकता संम्बन्धी ऐन २०६३ मा रहेको अंगीकृत सम्बन्धी व्यवस्थामा संशोधन गर्नु पर्नाको कारण र ६ महिना पछी वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने भनेर ल्याएको प्रस्ताव वारे सरकारको धारणा माग गर्नु भयो ।

समितिले छिटो गरी नागरिकता सम्बन्धी असहमतिका विषयमा सहमति जुटाएर सदनमा पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button