तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य घट्ने क्रम जारी, हेर्नुहोस् आजको मूल्य

काठमाडौं ।  सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ । साढे ७३ हजार प्रतितोला पुगेको सुनको मूल्य अहिले ७१ हजारभन्दा तल झरेको छ ।बिहीबार छापावाल सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधवारको तुलनामा सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले घटेर प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button