तपाईँ सुन्दै हुनुहुन्छः

गण्डक नहरमा पानी नआउँदा किसान प्रभावित

ध्रुव अधिकारी, वीरगञ्ज । गण्डक नहरमा सम्झौता अनुसार पानी नआउँदा बारा र पर्साका किसानहरु प्रभावित भएका छन् ।

भारत सरकारले सम्झौता अनुसार सिचाईका लागी चाहिने पानी गण्डक नहरमा नदिदा समस्या भएको बारा, पर्साका किसानहरुले बताएका छन् ।

गण्डक नहरमा कम्तीमा ८ सय क्युसेक पानी दिने सहमती भएकोमा अहिले जम्मा ६ सय कयुसेक मात्र पानी नहरमा आएकाले बारा तथा पर्सामा किसानहरुलाई आलोपालो गरी पानी दिने गरिएको गण्डक नहरका सुपरभाईजर हरेन्द्र प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button