तपाईँ सुन्दै हुनुहुन्छः

दशैँ–तिहार अगाडि सवारी साधनको भाडा नबढ्ने

काठमाडौं । सरकारले दशैँ–तिहार अगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ ।

भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँअगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम छुट्याइएको भए पनि दशैँ, तिहार, छठ लगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने बताउनुभयो ।

सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारीसाधनका ‘पार्टपुर्जा’ तथा जनशक्तिलाई लाग्ने खर्च लगायतलाई आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button