तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक : प्रहरी समायोजन विधेयक २०७६ पारित

काठमाडौँ – राष्ट्रिय सभाको आजको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक २०७६ एवं प्रहरी समायोजन विधेयक २०७६ पारित गरेको छ ।

बैठका गृह मन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको ती दुवै विधेयकलाई सर्वसम्मतीले पारित गरेको हो ।

यसैगरी बैठकमा गृह मन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तरगतको पालेर्मो अभिसन्धि, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई दफावार छलफलका लागि विधयन व्यवस्थापन समितिमा पठायोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुभयो ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रसाशकीय अदालत २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस भन्ने प्रस्ताव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सेफगार्डस् एण्टी डम्पिङ तथा काउन्टरभेलिङ्ग विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघि गुरुङ्गले वातावरण संरक्षण विधेयक २०७६ र वन विधेयक २०७६ सम्वन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रिय सभाको बैठकमा दिगो विकास तथा सुशासन समितिको सभापति तारादेवी भट्टले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७६ टेवल गर्नुभयो ।

यसअघि विशेष समयमा सांसदहरुले डेङ्गु रोगको प्रकोप, चीनका विदेश मन्त्रीको
नेपाल भ्रमण, पेट्रोलियम पाइपलाईनको सुरक्षा, चाड पर्वको समयामा हुनसक्ने कृत्रिम अभावलागायतका विषयमा धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button