तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक आज अपरान्ह बस्दै

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी– नेकपा सचिवालयको बैठक आज अपरान्ह बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा पार्टी संगठनका टुङ्याउन बाँकी प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका कमिटी, केन्द्रिय सल्लाहकार कमिटी र राष्ट्रिय परिषदको गठन लगायतका विषयमा छलफल हुने भएको छ ।

सचिवालय बैठकको तयारीकै सिलसिलामा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका नेताहरुसँग अनौपचारिक छलफलमा व्यस्त हुनुहुन्छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आज विहान शिक्षण अस्पताल महाराजगञ्जमा प्याथलोजी परीक्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button