तपाईँ सुन्दै हुनुहुन्छः

सातामा करिब २ अर्बको शेयर कारोबार

काठमाडौं । शेयर बजारमा यो साता झण्डै २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाँचै दिन खुलेको यो साताको बजारमा कारोबार रकम अघिल्लो साताको तुलनामा ३१ करोड ८० लाख रुपैयाँले बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । यो साता १८७ वटा कम्पनीको ७० लाख ४९ हजार कित्ता शेयर कारोबार भयो ।

यो साता शेयर बजारमा झण्डै २५ लाख कित्ता शेयर थपिए पनि नेप्से परिसूचकसँगै कम्पनीको शेयरमूल्य घट्दा बजार पूँजीकरण भने घटेर ६ अर्ब ७९ करोडले १५ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ ।

यस साता तीन कम्पनीको ऋणपत्र, बोनस शेयर र साधारण शेयर गरी कुल २५ लाख कित्ता शेयर स्टकमा सूचीकरण भएको छ ।

यो साता कूल बजार पूँजीकरणको पहिलो स्थानमा नेपाल दुरसञ्चार कम्पनी ९७ अर्ब ६५ करोड सहित पहिलो नम्बरमा रहेको छ ।

यो साता नेप्से परिसूचक पनि ५ अंकले तल झरेको छ । अघिल्लो साता ११९६.४२ बिन्दुमा रहेको नेप्से सूचक ५.३५ अंकले घटेर ११९१.०७ बिन्दुमा झरेको हो ।

यो साता पनि बजारमा वाणिज्य बैंकहरुको उच्च कारोबार भएको छ । उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ८ वटा वाणिज्य बैंक रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button