तपाईँ सुन्दै हुनुहुन्छः

एसिड प्रहारबाट घाइते छात्रालाई काठमाडौं पठाइयो

काठमाडौं– वीरगंजमा आज विहान एसिड प्रहारबाट घाइते भएकी छात्रालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । छात्राको अवस्थालाई मध्यनजर गर्दै प्रारम्भिक उपचारपछि चिकित्सकले काठमाडौं लैजान सल्लाह दिएका थिए।

शुक्रबार बिहान ६ बजे वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमण भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

विरगंज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको हो ।

वीरगन्ज, छपकैया २ निवासी १५ वर्षीया खातुनमाथि दुई युवाहरुले मेनरोडदेखि गणेशमान चौकतिर जाने बाटोमा एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारले छात्राको मुखदेखि मुनिको शरीरको दाहिने भाग जलेको जनाइएको छ । एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भिर घाउ भएको प्रहरी नायव उपरीक्ष अन्नतराम शर्माले जानकारी दिनुभयो ।

विद्यालय पोषाकमा नै रहेको अवस्थामा छात्रामाथि एसिड प्रहर भएको थियो। घटनामा संलग्न छपकैया निवासी समसाद मिया पक्राउ परेका छन्।

घटनामा संलग्न समसादलाई पक्राउ गरिसकेको र अन्य एक युवक माजिदमियालाई प्रहरीले खोजी जारी रहेको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button