तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका कार्यालयमा आगजनी

सिरहा । बरियारपट्टि गाउँपालिका कार्यालयमा आगजनी भएको छ । आगजनीबाट गाउँपालिका अध्यक्ष बस्ने कोठाको फर्निचर कुर्सीलगायत कागज पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

गाउँपालिका अध्यक्ष सन्तोष महतोका अनुसार  कार्यालयमा आगजनी हुँदा महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् ।

घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टीको पर्चा भेटिएको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले बताउनुभयो ।

घटनाबारे अनुसन्धानको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे डिएसपी बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button