तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । मंगलबार देशभर सामान्यदेखि पूर्णतया बदलीको सम्भावना छ । साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाखाका अनुसार मंगलबार देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडि भेगका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

यस्तै, राति देशका अधिकांश स्थानमा सामन्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तो छ तीनदिनको मौसम ?

बुधबार देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका केही स्थानमा मेघ गर्जन– चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, राति देशभरी सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन–चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button