तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न निकायका ९० पदमा कर्मचारी माग

काठमाडौंं । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा कर्मचारी माग गरिएको छ । सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न निकायका गरी ९० पदमा कर्मचारी माग गरेको हो ।

आज (बिहीबार)  निर्देशनालयले सूचना प्रकाशित गर्दै  १५ दिनभित्र दरखास्त दिन आह्वान गरेकाे हाे ।

निर्देशनालयले विरेन्द्र अस्पताल छाउनीमा ३२ जना, सैनिक अस्पताल नेपालगञ्जमा १२ जना, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा छाउनीमा १ जना, चिकित्साशास्त्र महाविद्यालय भण्डारखालमा ६ जना, नर्सिङ्ग महाविद्यालय भण्डारखालमा ४ जना, कलेज अफ मेडिकल पोलिटेक्निक भण्डारखालमा ९ जना, सुन्दरीजल मिनरल वाटर प्लाण्टमा ५ जना, सैनिक आवासीय महाविद्यालय भक्तपुरमा ३ जना, आवासीय विद्यालय धरानमा ४ जना, आवासीय विद्यालय कैलालीमा १ जना, रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीमा १० जना, नेपाली सेना व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङमा १ र इपिसेन्टर कार्यालय धनगढीमा १ जना गरी ९० पदमा कर्मचारी माग गरेको छ ।

नेपाली सेनाले यी सबै पदमा करारमा कर्मचारी मागेको हो । सेनाले अधिकतम मेडिकलका पदहरुमा कर्मचारी माग गरेकाे छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया राख्नुहोस्

Back to top button